आज:  २०८० फागुन ११, शुक्रबार | Fri, 23, Feb, 2024 Search
FLASH NEWS

कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दै

    प्रकाशित २०७९ कार्तिक १२, शनिबार (१ साल अघि)

नवलपुर।नेपाली कांग्रेसले आज आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शनिवार) बिहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

घोषणापत्रलाई कांग्रेसले ‘संकल्प पत्र’ भनेको छ । तिहार अघि नै कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने तयारी गरे पनि तिहारपछिलाई सारिएको थियो । कांग्रेसले घोषणा निर्माणका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा एक समिति निर्माण गरेको थियो ।

Write your Comment