आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीको केउरानीमा ३ दिन एकादशी मेला हुने

    प्रकाशित २०७९ कार्तिक ९, बुधबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिकाको केउरानी स्थित नारायणी नदी किनारमा एकादशी मेला हुने भएको छ । हरिबोधनी एकादशीको अवसर पारेर कार्तिक १६ गतेदेखि १८ गतेसम्म मेला आयोजना हुने  पत्रकार सम्मेलनमा जनाईएको छ ।

दिव्य मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको संरक्षकत्वमा स्थानीय युवाहरुले मेलाको व्यवस्थापन र संयोजन गर्ने गरी जिम्मा लगाईएको वन समुहका अध्यक्ष देवीलाल देवकोटाले बताए ।

केउरानीस्थित नारायणी नदीमा एकादशी स्नान गर्न आउनेहरुको भिड लाग्ने भएकाले यस क्षेत्रको धार्मिक महत्व प्रचार प्रसार गर्न र नारायणी र निकुञ्जको मध्यवर्ती क्षेत्रको जंगल सफारीको बारेमा जानकारी दिँदै आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गर्ने उदेश्य अनुरुप तीन दिने एकादशी महात्मय धार्मिक मेला गर्न लागेको अध्यक्ष देवकोटाले बताए ।

मेलाका बारेमा आफ्ना धारणा राख्ने क्रममा सिसवार मध्यवर्ती उपभोक्ता समूहका सचिव मनहरी पौडेलले मेलाले धार्मिक, साँस्कृतिक महत्वका साथै पर्यावरण, जल तथा वन्यजन्तुको संरक्षण जगेर्नाको सन्देश दिन यस्ता मेलाको महत्वपूर्ण भूमिका हुने बताए ।

मेलामा धार्मिक प्रवचन, सांस्कृतिक कार्यक्रम, बाल उद्यान, विभिन्न वस्तुका व्यवसायिक स्टल रहने जनाईएको छ ।

Write your Comment