आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

कावासोती नगरलाई बालमैत्री गराउन बाल अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण सम्पन्न

    प्रकाशित २०७९ कार्तिक ६, आईतबार (१ साल अघि)

कावासोती। नवलपुरको कावासोती नगरलाई बालमैत्री घोषणा गर्नको लागि वडास्तरीय बाल अधिकार, बालमैत्री स्थानीय शासनको बारेमा अभिमुखिकरण सम्पन्न भएको छ।

शनिबार कावासोती नगरपालिका वार्ड नं ९ का वडास्तरिय बालक्लबका पदाधिकारीहरु र बालबालिकाहरुलाई बाल अधिकार, किशोरी अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।कावासोतीमा संचालित किशोरी सशक्तिकरण कार्यक्रम र कावासोति नगरपालिका सामाजिक विकास शाखाको समन्वयमा सबै वार्डमा बाल क्लबका पदाधिकारी र वार्डका सरोकारवालाहरुलाई अभिमुखिकरण निरन्तर संचालन भईरहेको छ ।


कावासोति नगरले यस आर्थिक बर्षमा कम्तिमा पनि २ वडालाई बालमैत्री घोषणा गर्ने गरि वडा लक्षित कामहरु समेत गरिराखेको छ । कार्यक्रममा कावासोती नगरपालिका ९ का वडास्तरीय बालक्लब संजालका अध्यक्ष रश्मि खनाल प्रमुख अतिथीमा कावासोती नगरपालिका ९ का कार्यवाहक अध्यक्ष जगदिश खतिवडा, कार्यपालिका सदस्य रेश्मि परियार, वडा सदस्य डम्बर महत्तो र सुनिल महत्तो , कावासोती ९ भित्रका टोल स्तरिय र वडास्तरीय बालक्लबको पदाधिकारीहरु र बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधादेवी बोटेले नयाँ जनप्रतिनिधिहरु र वडास्तरीय बालक्लबका पदाधिकारीहरुलाई कावासोती नगरपालिकामा संचालन भईरहेको किशोरी सशक्तीकरण कार्यक्रमको बारेमा र कार्यक्रमको उदेश्यबारे जानकारी दिँदै कार्यक्रमको संचालन गरेकी थिइन्। कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल , अभियन्ता आशा वि. क. र मान्सु न्यौपानेले सहजीकरण गरेका थिए। सहजकर्ताले बाल अधिकार, बालमैत्री स्थानीय शासन, बाल क्लबको महत्व र वडालाई बालमैत्री निर्माणमा बाल क्लबको भूमिकाको बारेमा सहजीकरण गरेका थिए।


नेपाल सरकारले कुनै पनि स्थानीय तह बालमैत्री निर्माणका लागी ५१ सुचक पुरा गर्नुपर्ने कार्यविधि तयार गरि कामहरु गरिराखेको छ ।
कार्यक्रमको उदघाट्न समारोहमा वडा नम्बर ९ का कार्यवाहक अध्यक्ष जगदिश खतिवडाले वडालाई हरेक हिसाबले नमूना गराउनको लागि सवै पक्षको समुचित विकासमा ध्यान दिने र यसको लागि बालबालिकाहरुले रचनात्मक साथ र सहयोगको लागि अनुरोध गरेका थिए । साथै वार्डलाई बालमैत्री र किशोरी मैत्री निर्माणमा पहल गर्ने समेत बताए ।

जनप्रतिनिधिले बालबालिकाले अधिकार माग्ने र कर्तव्य भुलेको सन्दर्भ निकाल्दै सबैले अधिकार र कर्तव्य दुवै पुरा गर्नको लागि लाग्नुपर्नेमा जोड दिए । साना साना कामप्रति जिम्मेवार रहनुपर्ने र कर्तव्य भुल्न नहुनेमा जोड दिए ।

कार्यक्रममा जनप्रतिनिधि र बालबालिकाहरु सहित ६० भन्दा बढीको सहभागिता रहेको थियो ।

Write your Comment