आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024 Search
FLASH NEWS

हिंसा र दुर्व्यवहार रोक्नको लागि किशोरीद्वारा विद्यालयस्तरीय सचेतना अभियान जारी

    प्रकाशित २०७९ कार्तिक २, बुधबार (१ साल अघि)


कावासोती। अनलाइनबाट हुन सक्ने हिंसा र दुर्व्यवहार रोक्नको लागी बालिकाहरुले विद्यालय र समुदायस्तरीय सचेतना अभियान कावासोतीका विभिन्न विद्यालयमा जारी राखेका छन् । बुधबार कावासोती नगरपालिका वार्ड नं ४ सरस्वती माध्यमिक विद्यालय हसौरामा अनलाइन सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधादेवि बोटेले कावासोती नगरपालिकामा संचालन भईरहेको किशोरी सशक्तीकरण कार्यक्रम र अनलाइन सुरक्षा सम्बन्धि कार्यक्रम गर्नुको उदेश्यबारे जानकारी दिनु भएको थियो ।विद्यालय बाल क्लबका फोकल शिक्षक हिरा खनालले अहिले स्वयं किशोर किशोरीहरुले नै अनलाईनको सदुपयोग गर्नु भन्दा दुरुपयोग गर्न थालेकोमा स्वयं किशोरीहरुले साथिबाट साथिलाई यसको बारेमा सिकाउन सुरु गरेकोमा किशोरीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

विद्यालयका शिक्षिका विष्णुमाया गौडेलले किशोरीहरुले आफ्नो अधिकारको प्रयोग गरि अगाडि बढ्नको लागि अनलाइनको प्रयोग गर्न र पछिल्लो समय साइबर अपराधले आफू मात्रै नभइ समाजमा पनि नकारात्मक प्रभाव पर्ने भएकाले अनलाइन सुरक्षामा सजग हुनु पर्ने सुझाव समेत दिनुभएको थियो।

कावासोती नगरपालिकामा संचालन भईरहेको किशोरी सशक्तीकरण कार्यक्रमका किशोरी अभियन्ताहरु गोमा देवकोटा, रिम कुमारी वान्टकी,भावना भन्डारीले अनलाइन सुरक्षा सम्बन्धित विषयहरुमा सहजीकरण गरेका थिए ।

सहजकर्ताद्वारा अनलाइनका माध्यमहरु, सुरक्षाका उपायहरु र समस्या परे समाधानका उपायहरुको बारेमा सहजीकरण गरेका थिए ।जागृति बाल तथा युवा सरोकार नेपालका आशा बिकले अनलाइनको सदुपयोग गर्न सकिने र यसका पक्षका बारेमा बताउदै राम्रो काम र अभियानहरु पनि सुरु गर्न सकिने बारेमा सिकाउनु भएको थियो ।

विद्यालय रेडक्रस सर्कलका अध्यक्ष सफलता सापकोटाको अध्यक्षता भएको कार्यक्रममा बालक्लवका फोकल शिक्षक, विद्यालय बालक्लवका प्रतिनिधिहरु गरि ६५ जनाको सहभागिता रहेको थियो ।

Write your Comment