आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

माओवादी केन्द्र नवलपुरले बनायो १ हजार ५ सय ११ सदस्यीय निर्वाचन परिचालन समिति

    प्रकाशित २०७९ आश्विन २९, शनिबार (१ साल अघि)


नवलपुर।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) नवलपुरले १५११ सदस्यीय निर्वाचन परिचालन समिति तयार गरेकाे छ । जिल्ला समन्वय समितिकाे शुक्रबार दलदलेमा बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।

बैठकले नवलपुर क्षेत्र नं. १ काे ईञ्चार्जमा धनप्रसाद सापकाेटा, संयाेजकमा कृष्णप्रसाद पराजुली ( परिवर्तन), सचिवमा सूर्य न्याैपाने,१ (क) काे ईञ्चार्जमा कृष्णप्रसाद पराजुली, संयाेजकमा कृष्णप्रसाद भट्टराई, सचिवमा ईश्वरी महताेलाई जिम्मा दिएकाे छ । त्यसैगरी १ (ख) काे ईञ्चार्जमा बालकृष्ण रानाभाट, संयाेजकमा लाेकप्रसाद भूर्तेल (भिषण), सचिवमा पूर्णकला भूषाल ( प्रतिमा ), निर्वाचन क्षेत्र नं.२ काे ईञ्चार्जमा किसन शर्मा, संयाेजकमा सुष्मा खनाल, सचिवमा डासीराम बस्याल, २ (क) काे ईञ्चार्जमा सुष्मा खनाल, संयाेजकमा चेतनाथ पाेख्रेल, सचिवमा चन्द्र बहादुर थापा ( समर ) २ (ख) काे ईञ्चार्जमा तारा भूषाल संयाेजकमा दमयन्ती रूचाल र सचिवमा हरि पाण्डेलाई छनाेट गरेकाे छ ।

संघकाे निर्वाचन समितिमा सम्बन्धित क्षेत्रका नगर तथा पालिकाका पदाधिकारीसम्म र प्रदेशकाे निर्वाचन समितिमा सम्बन्धित क्षेत्रका वडाअध्यक्षसम्मलाई राखिएकाे छ । त्यसै गरी बैठकले आर्थिक समिति संयाेजकमा मित्रशरण शर्मा, प्रचार प्रसार समितिकाे संयाेजकमा दिपक भट्टराई, युवा/विद्यार्थी परिचालनमा देवि अधिकारी (समिक्षा), महिला परिचालनमा सरला पाेख्रेल र प्रेमा खनाल, दलित माेर्चा परिचालन नेत्र सुनार, जनजाति महासंघ परिचालन चन्द्र बहादुर थापा र यम सारू, मजदुर परिचालनमा तारा भूषाललाई जिम्मा दिएकाे छ । त्यसैगरी जिल्ला पार्टी कार्यालय व्यवस्थापनमा अर्जुन अविरल, डासीराम बस्याल र टिकाराम तिवारीलाई जिम्मा दिएकाे छ ।

माओवादी केन्द्र नवलपुरले गठबन्धनमा निर्वाचन क्षेत्र नं. १(ख) र २(क) पाएकाे छ । जसमा १ (ख) बाट लाेकप्रसाद भूर्तेल र २ (क) बाट साैगमकुमार सिर्पाली चुनावमा भिड्दै हुनुहुन्छ ।

त्यसै गरी प्रदेशकाे समानुपातिक बन्द सुचीमा घाईते, अपाङ्ग तथा खस आर्यबाट कृष्णप्रसाद भट्टराई, पूर्व जनमुक्ति सेनाबाट पूर्ण थापा (कुशलरक्षा), दलितबाट दमयन्ती रूचाल (रितु) र खसआर्यबाटै माेती रिजाल ( पंगाली) काे नाम समावेश रहेकाे बताईएकाे छ । समानुपातिकमा जिल्लाबाट ४ जनाकाे नाम अन्तिम सुचीमा परेकाे र प्रत्यक्ष तर्फ २ जना रहेकाले गठबन्धनलाई पूर्ण रूपमा पालना गरी आ आफ्नाे ठाउँबाट लाग्नकाे लागि निर्देशन दिईएकाे छ ।

साेही बैठकबाट उम्मेद्वारी फिर्ता गर्ने क्रममा धकेलाधकेलमा परि पार्टी पाेलिटव्यूराे सदस्य तथा जिल्ला ईञ्चार्ज किशन शर्मा घाईते हुनुभएकाेमा शिघ्र स्वास्थ्य लाभकाे कामना र घटनाकाे घाेर भत्सर्ना पनि गरिएकाे बैठककाे अध्यक्ष रहनु भएकाे सुष्मा खनालले जानकारी दिनुभयाे ।

Write your Comment