आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

मध्यविन्दु नगरपालिकामा स्तनपान कक्ष स्थापना

    प्रकाशित २०७९ आश्विन २८, शुक्रबार (१ साल अघि)


चोरमारा । मध्यविन्दु नगरपालिकाले स्तनपान कक्ष स्थापना गरेको छ । नगरपालिकाको प्रशासनिक भवनको नागरिक सेवा केन्द्रसंगै स्तनपान कक्षको स्थापना गरिएको हो ।

शिशु तथा आमाको स्वास्थ्य सुधारमा टेवा पुर्‍याउने उद्देश्यका साथ स्तनपान कक्षको स्थापना गरिएको नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । नगरपालिकामा सेवा लिन आउने आमाहरुले आफ्नो शिशुलाई सुरक्षित रुपमा स्तनपान गराउने र शिशुलाई आराम गराउने स्थानको अभावमा समस्या भोग्नु परेको अवस्थामा अब सहजता आउने नगर प्रमुख अधिकारीले बताउनुभयो ।

नागरिक सेवा केन्द्रसंगै स्थापना गरिएको स्तनपान कक्षले शिशु सहित सेवाको लागि आउने महिलाहरुलाई नजिकै स्तनपान गराउन सहज हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताउनुभयो ।

स्तनपान कक्ष स्थापना कार्यक्रममा सहभागी सेवाग्राही आमाहरुले बाहिरी स्थानमा स्तनपान गराउदा हुने अफ्ठ्यारो र कठिनाई अब नहुने बताएका थिए ।

स्तनपान कक्षमा शिशुलाई आराम गराउने झलुंगो, बेड, बिस्तारा सहित सावुन पानी लगायतको व्यवस्थापन गरिएको नगरपालिका स्वास्थ्य शाखाका जागेश्वर भुसालले बताउनुभयो ।

Write your Comment