आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024 Search
FLASH NEWS

नवलपुर क्षेत्र नं १ मा एमालेले बनायाे ६ हजार ५०१ जनाको प्रचार प्रसार समिति

    प्रकाशित २०७९ आश्विन २८, शुक्रबार (१ साल अघि)


देवचुली। आगामी मंसिर ४ गते हुने संघ र प्रदेशकाे निर्वाचनकाे मिति नजिकिँदै गर्दा नेकपा एमालेले संगठन परिचालन र प्रचार प्रसारलाई तिव्रता दिन थालेकाे छ । नेकपा एमाले क्षेत्रिय समन्वय कमिटी क्षेत्र नं. १ काे आज सम्पन्न बिस्तारित बैठकले क्षेत्रिय समन्वय कमिटीका स- संयाेजक राम प्रसाद मरासिनी संयाेजक र खिमान्नद भुसाल सचिव रहेकाे ६ हजार ५०१ सदस्य प्रचार प्रसार समिति गठन गरेकाे नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख सागर पाेख्रेलले जानकारी दिनुभयाे । प्रचार प्रसार समितिमा क्षेत्रिय समन्वय समितिका स संयाेजक सहित कमिटीका सबै सदस्यहरु, प्रदेश स्तरिय क्षेत्रिय कमिटी क र ख का सबै, २३ वटा भातृ संगठनका केन्द्र देखि जिल्ला कमिटी सबै, नगर र गाउँ कमिटी सबै , वडा कमिटी सबै , जिल्ला पाटि स्तरिय विभाग, भातृ संगठनकाे विभागिय सदस्यहरु, स्थानिय निर्वाचनमा उप विजेता बनेका सबै सदस्य रहने गरि ६ हजार ५०१ सदस्य प्रचार प्रसार समिति गठन गरिएकाे पाेख्रेलले जानकारी दिनुभयाे ।

नवलपुर जिल्ला क्षेत्र नं. १ विकासकाे हिसावले किन पछि पर्याे ? बहुदल स्थापना देखि हाल सम्म यस क्षेत्रबाट पठाएका जनप्रतिनिधिले आर्थिक, सामाजिक र विकासबाट किन पछि पर्याे साे काे कारण सहित मतदाताकाे घरदैलाेमा पुर्‍याउन, विगतमा नेकपा एमालेले गरेका विकासकाे याेजनाहरुलाई तल्लाे स्तरसम्म पुर्‍याउन प्रचार प्रसारलाई चलायमान बनाउन ६ हजार ५०१ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएकाे क्षेत्रिय समन्वय संयाेजक एवम् निर्वाचन परिचालन समिति संयाेजक नारायण तिमल्सिनाले बताउनुभयाे ।

विस्तारित बैठकले क्षेत्रिय समन्वय समिति संयाेजक नारायण तिमल्सिना संयाेजक रहने गरि निर्वाचन क्षेत्र नं. १ निर्वाचन परिचालन समिति गठन गरेकाे छ भने समितिकाे सचिवमा धर्मदत्त भुसाल रहनुभएकाे छ ।

विस्तारित बैठकले यमुनाथ आचार्य संयाेजक र सह संयाेजक दिपकराज लम्साल रहेकाे आर्थिक व्यवस्थापन समिति, र टाेपराज काेईराला संयाेजक रहेकाे छपाई तथा प्रकाशन समिति गठन गरेको छ । युवा परिचालन संयाेजक कृष्ण कंडेल, महिला परिचालन संयाेजक काेपिला पाैडेल र विद्यार्थी परिचालन संयाेजक बिष्णु पाैडल रहेका छन ।

बैठकमा प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्ण पाैडेल, प्रदेश सभा सदस्य उम्मेदवार रविन्द्र अधिकारी, राेशन बहादुर गाहा मगर र एमाले जिल्ला कमिटी अध्यक्ष मुक्तिराम पाण्डेले सम्बोधन गर्नुभएकाे थियाे ।

Write your Comment