आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024 Search
FLASH NEWS

नवलपुर-१ मा नेकपा एमालेका कृष्ण पौडेलको उम्मेदवारी दर्ता

    प्रकाशित २०७९ आश्विन २३, आईतबार (१ साल अघि)


नवलपुर । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका केन्द्रिय सदस्य कृष्ण पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

नेकपा एमालेका उम्मेदवारको रुपमा नवलपरासी(बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर १ बाट पौडेलले मनोनयन दर्ता गरेका हुन् । कावासोती स्थित पार्टी कार्यालयबाट नारा जुलुस सहित जिल्ला निर्वाचन अधिकृतको कार्यालय पुगि उनले उम्मेदवारी दर्ता गराएका हुन् ।उनको मुख्य भिडन्त सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका संशाक कोइरालासँग हुँदैछ ।

मनोनयन दर्तापछि संचारकर्मीसँग कुरा गर्दै पौडेलले आफ्नो उम्मेदवारी नवलपुरबासीको परिवर्तनको चाहनालाई आफ्नो क्षेत्रका मतदाताले मङ्सिर ४ मा सुर्य चिन्हमा मतदान गरि प्रकट गर्ने तथा पुराना प्रतिनिधिले यहाँको विकास निर्माणमा टेवा पुर्‍याउन नसकेकोले आफुलाइ मतदान गरि विजय गराएमा नवलपुरबासीको सपना पूरा गर्ने समेत बताए।

Write your Comment