आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

आसन्न निवार्चनमा थारु समुदायबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व नगराइएमा गम्भिर कदम चाल्ने : नवलपुरका थारु काँग्रेस

    प्रकाशित २०७९ आश्विन २३, आईतबार (१ साल अघि)


नवलपुर । नवलपुरका काँग्रेस समर्थक थारुहरुले प्रत्यक्षतर्फ नवलपुर क्षेत्र नं २ क मा एकजना थारु समुदायका नेतालाई प्रदेश उम्मेदवार उठाउन ध्यानाकर्षण गराएका छन्। कावासोती १६ डण्डामा पत्रकार सम्मेलन मार्फत ध्यानाकर्षण गराएका हुन् ।

नेपाली काँग्रेसका थारु समर्थकहरुको पार्टी भेला आयोजक समिति नवलपुरका संयोजक कमलराज गुरौद्धारा हस्ताक्षरित ५ बुँदे विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गराएका हुन्।

विगत भाद्र १४ गतेदेखि पार्टीलाई उम्मेदवारको नामावली सिफारिस पठाउँदासमेत पार्टीले बेवास्ता गरेको र आइतबार असोज २३ गतेसम्म पनि माग सम्बोधन नभएको जनाइएको छ ।

त्यस्तै आसन्न निवार्चनमा थारु समुदायबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व नगराइएमा गम्भिर कदम चाल्ने नवलपुरका थारु काँग्रेसहरुले जानकारी दिएका छन् ।

गण्डकी प्रदेशको एघार जिल्ला मध्य नवलपुरमा थारु बाहुल्यता रहेता पनि राजनितिक पहुँच र प्रतिनिधित्व हुन नसकेको थारु समुदायको गुनासो रहेको छ ।

Write your Comment