नवलपुर, २० असोज ।किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आइपुग्दैछन् । सामाजिक सञ्जालमार्फत उनले आज बिहीबार बिहान १० बजे विमानस्थल आइपु्ग्ने र आत्मसमर्पण गर्ने जनाएका छन् ।
‘नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु,’ उनले भनेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई लिखित जानकारी गराइसकेको छु ।’