नवलपुर । अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । आज असोज २० गते बिहीबार बिहान ६:२० बजे नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको हो ।
जलाधारमा आज पनि थप बर्षा हुने भएकोले चितवन र नवलपरासीको तटिय क्षेत्रमा हुनेहरूलाई आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले अनुरोध पनि गरेको छ ।
अविरल वर्षाले लुम्बिनी प्रदेशका धेरै जिल्लाहरुमा अत्यधिक पानी परेको छ । चितवन, नवलपरासी पश्चिम, कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, दाङ, बर्दियामा भारी वर्षा भएको छ ।