आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

लोकाहामा यात्रुबाहक बस पल्टिँदा दुई जना घाइते

    प्रकाशित २०७९ आश्विन १८, मंगलबार (१ साल अघि)


देवचुली । पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपुरको देवचुली-१५ मा यात्रु बाहक वर्ष दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आज बिहान बुटवलबाट नारायणगढका लागि छुटेको ना ८ ख २५३८ नम्बरको बस आफै अनियन्त्रीत भएर पल्टिँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो ।

बसमा चालक ,सहचालक सहित ७ जना सवार रहेकोमा दुई जना घाइते भएका हुन् । घाइते हुनेमा काठमाडौं नागार्जुन-७ बस्ने २१ वर्षीय रिपा खनाल र पश्चिम नवलपरासी सुनवल-१३ बस्ने २५ वर्षीय बिन्दु अधिकारी रहेका छन् । घाइते दुवै जनाको देवचुली अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

Write your Comment