आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

नवलपुरको गैँडाकोटबाट ६ जुवाडे पक्राउ

    प्रकाशित २०७९ आश्विन १०, सोमबार (१ साल अघि)


नवलपुर । नवलपुरको गैँडाकोटमा जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. ४ स्थित सुुर्यवंशी होटलमा जुवा खेलिरहेका उनिहरुलाई इलाका प्रहरी कार्यालय गैँडाकोटले नियन्त्रणमा लिएको हो ।उनिहरुको साथबाट तीस हजार २० रुपैँया नगद सहित ३ बुक तास, मकैका दाना (१०० वटा) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा होटल सञ्चालक गैँडाकोट ३ का ४९ वर्षका नर बहादुर आले, खोटाङको हलेसी नगरपालिका घर भै हाल गैँडाकोट १ बस्ने वर्ष ३७ का सागर आले, गैँडाकोट १ कै ४१ वर्षका गम बहादुर खण्डलुक मगर, गैँडाकोट ४ का ३६ वर्षका भिमबहादुर थापा, लम्जुङ दुधपोखरी गाउपालिका वडा नं. १ का ५२ वर्षका खड्ग बहादुर भुजेल र महोत्तरीको बर्दीबास नगरपालिका वडा नं. १ घर भै हाल गैँडाकोट ४ बस्दै आएका ४८ वर्षका भिम कुमार थापा रहेका छन् ।

Write your Comment