आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

देवचुलीका दुई विद्यालयमा बाल अधिकार समूह गठन

    प्रकाशित २०७९ आश्विन ९, आईतबार (१ साल अघि)

मात्रिका ढुङ्गाना,देवचुली । देवचुली नगरपालिकाका दुई विद्यालयमा बाल अधिकार समूह गठन गरिएको छ । इन्सेकद्वारा सञ्चालित आगामी तीन वर्षे परियोजनालाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि देवचुली नगरपालिकामा छनोट भएका दुई विद्यालयमा बाल अधिकार समूहको गठन गरिएको हो । शनिबार भीमसेन आदर्श नमूना मा वि र कालिका मा वि मा १५/१५ सदस्यीय बाल अधिकार समूह गठन गरिएको हो ।


शनिबार भीमसेन आदर्श नमूना आदर्श माध्यमिक विद्यालयमा निशा सारुको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा सौरव विश्वकर्मा,सचिवमा बिनिता पाण्डे ,कोषाध्यक्षमा प्रतिमा सापकोटा , सदस्यहरुमा सवनम बि.क.,हेलिना बाह्रघरे,श्रेया सापकोटा ,अमिसा दिसुवा,आशिका बि.क.,ज्योति खड्का,रेजिना राई,सुजन पराजुली,किरण अधिकारी,कुमार परियार र मनोज भुर्तेललाई चयन गरिएको छ ।

त्यसै गरि कालिका माध्यमिक विद्यालयमा पुनम रानाको अध्यक्षता १५ सदस्यीय समिति गठन गरिएको छ। जसको उपाध्यक्षमा रोशनी राना,सचिवमा अनुपा भट्टराई ,कोषाध्यक्षमा तश्मिता परियार,सदस्यहरुमा आर्यन रसाइली,गौरव कंडेल ,आदित्य रावल,सुमिना तिवारी, पुर्णिमा सुराली,सपना राना,थमप्रसाद सापकोटा, विपिन भुसाल,सहनशिला भण्डारी ,सनिजा गाहा र सिर्जन भूर्तेललाई चयन गरिएको छ ।

कार्यक्रमका देवचुली नगरपालिका वडा न ९ का अध्यक्ष बलिराम सापकोटाले देवचुली नगरपालिका बालमैत्री नगरपालिका समेत रहेकोले बालबालिकालाई रचनात्मक तथा सिर्जनात्मक कार्य गर्नका लागि नवगठित समितिलाई सुझाव दिनुभयो । नव गठित समितिलाई वडा कार्यालयबाट आवश्यक सहयोग रहने सापकोटाले बताउनुभयो ।

देवचुली वडा नं ८ का वडा अध्यक्ष भुमिसरा आलेले नव निर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिदै बाल अधिकारसँगै मानव अधिकारका लागि अधिकारकर्मीहरूको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

 

देवचुली मानव अधिकार समुहका अध्यक्ष कृष्णबहादिर विश्वकर्माको अध्यक्षता भएको कार्यक्रममा देवचुली वडा न ७ का अध्यक्ष भुमिसरा आले,वडा न ९ का अध्यक्ष बलिराम सापकोटा,देवचुली वडा न ७ का सदस्य ओमप्रकाश तिवारी,देवचुली मानव अधिकार समुहका सदस्यहरु ,विद्यालयका प्रतिनिधि लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

Write your Comment