आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

देवचुलीमा मानव अधिकार समूह गठन

    प्रकाशित २०७९ आश्विन ५, बुधबार (१ साल अघि)


देवचुली । देवचुली नगरपालिकामा मानव अधिकार समूह गठन गरिएको छ । इन्सेकद्वारा सञ्चालित आगामी तीन वर्षे परियोजनालाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि मानव अधिकार समूहको गठन गरिएको हो ।

बुधबार देवचुलीको सहारा पार्टी प्यालेस भएको भेलाबाट कृष्ण बि. क.को संयोजकत्वमा ११ सदस्यीय समिती गठन गरिएको छ । जसको सदस्यमा शालिकराम पुरी,गनबहादुर राना,शिवप्रसाद पराजुली ,मिना अधिकारी ,मिना थापा सापकोटा ,राधा बोटे, अजय थनेत ,सुभास ओझा ,लक्ष्मी भुसाललाई चयन गरिएको छ । थप १ जना अपाङ्गता भएको व्यक्तिबाट मनोनयन गरिने गरि समिति गठन गरिएको हो ।


कार्यक्रमका देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपालेले समाज परिवर्तनका लागि मानव अधिकारकर्मीहरूको अहम भूमिका भएको बताउनुभयो । इन्सेकले देवचुलीमा संचालन गर्न लागेको मानव अधिकार शिक्षा कार्यक्रमलाई नगर पालिकाबाट आवश्यक सहयोग रहने नगरप्रमुखले बताउनुभयो ।

प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले मानव अधिकारका क्षेत्रमा ईन्सेकको महत्वपूर्ण भूमिका खेलिरहेका सन्दर्भमा देवचुली संचालन गर्न लागेको परियोजनाबाट मानव अधिकारकर्मी उत्पादन गर्न र मानव अधिकारको बारेमा समुदायमा सचेतना प्रवाह गर्न सहज हुने बताउनुभयो ।


देवचुली वडा नं ९ का वडा अध्यक्ष बलिराम सापकोटाले नव निर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिदै मानव अधिकारकर्मीहरूको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो । समुहका नव निर्वाचित अध्यक्ष कृष्ण बि.क.ले आफ्नो कार्यकालमा स्थानिय तह र सरोकारवालासँग समन्वय र सहकार्य गर्दै मानव अधिकार समूहलाई प्रशंसनिय कार्यहरू सहित अगाडी बढाउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रम देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने, देवचुली वडा न ६ का अध्यक्ष मीनबहादुर सोती, वडा न ८ का अध्यक्ष नुनप्रसाद बाचे,वडा न ९ का अध्यक्ष बलिराम सापकोटा, कार्यपालिका सदस्य फुलमाया बि क , प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल , वडा सदस्यहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भएको थियो ।

Write your Comment