आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

लघुवित्त कर्मचारी मिलन केन्द्रकाे संस्थागत विकासमा सञ्चार कला सम्बन्धि कार्यक्रम सम्पन्न

    प्रकाशित २०७९ आश्विन ४, मंगलबार (१ साल अघि)


तिर्थराज काफ्ले, देवचुली। लघुवित्त कर्मचारी मिलन केन्द्रले बिजया दशमी तथा शुभ दिपावली एवम् छठ पर्वकाे अवसरमा शुभकामना आदान प्रदान तथा संस्थागत विकासमा संञ्चार कला सम्बन्धि एक दिने गाेस्ठी कार्यक्रम सम्पन्न भएकाे छ ।

संस्थाका अध्यक्ष युवराज गाैतमकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा एन भि सि का संयाेजक के.वि भुर्तेलकाे प्रमुख अतिथी रहनु भएकाे थियाे ।प्रमुख प्रशिक्षक एवम् प्रमुख अतिथि समेत रहनु भएका भुर्तेलले संस्थागत विकासमा अहिन्सात्मक सञ्चारले संस्था विकासमामा महत्त्वपुर्ण भुमिका खेलेकाे हुँदा यस तालिमले कार्यालय व्यवस्थापनमा सहजिकरण हुने समेत बताउनु भएकाे छ ।

हिन्दुहरुकाे महान पर्व विजय दशमी , शुभ दिपावल तथा छठ पर्वकाे अवसरमा आयाेजित कार्यक्रममा तालिम सगै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे हाे ।

नवलपुर क्षेत्र भित्र रहेका लघुवित्तहरुकाे शाखा प्रमुख एवम् प्रतिनिधिहरुकाे उपस्थित रहेकाे थियाे । कार्यक्रम साहारा पार्टी प्यालेस दलदलेमा संञ्चालन कार्यक्रमकाे सहजिकरण संस्थाका सचिव बाबुराम श्रेष्ठले गर्नुभएकाे थियाे ।

Write your Comment