आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024 Search
FLASH NEWS

जन्मदिनको अवसरमा समाजसेवी पोख्रेलद्वारा दुई विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

    प्रकाशित २०७९ आश्विन २, आईतबार (१ साल अघि)


देवचुली । जन्मदिनको अवसरमा देवचुली ५ निवासी समाजसेवी गोपाल पोख्रेलद्वारा दुई विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको छ । शनिबार परेको जन्मदिन र आइतबार प्लास्टिक उद्योग स्थापना दिवसको अवसर पारी पोख्रेलले देवचुली ५ मा रहेको सकलादेवी माध्यमिक विद्यालयका २ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको हो ।


पोख्रेलले सकलादेवी माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्ने जेहेन्दार तथा लगनशील विद्यार्थी निश्चल क्षेत्री र अमृता कुमाललाई १/१ वटा झोला,१/१ दर्जन कापी,१/१ प्याकेज सिसाकलम ,डट्पेन , १/१ वटा ज्यामिती बक्स लगायतका शैक्षिक सामग्री प्रदान गरेको विद्यालयका शिक्षक सुशील चापागाईले जानकारी दिनुभयो ।


आइतबार नै जन्मदिनको अवसरमा पारी अभिभावक नबु आचार्यद्वारा विद्यालयको जन्मदिन अक्षयकोषमा एक हजार पाँच रुपैयाँ सहयोग गरेको विद्यालयले जनाएको छ ।

Write your Comment