आज:  २०८० जेष्ठ २०, शनिबार | Sat, 03, Jun, 2023 Search
FLASH NEWS

नवलपुरका चार पालिकामा आज सार्वजनिक बिदा

    प्रकाशित २०७९ आश्विन २, आईतबार (८ महिना अघि)

नवलपुर । थारू समुदायले मनाउने पर्व जितियाको अवसरमा नवलपुरका चार पालिकाले स्थानीय बिदा दिएका छन् । आइतबार जितिया पर्वको अवसरमा स्थानीय बिदा दिइएको हो ।नवलपुरको कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका , देवचुली नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाले आइतबार स्थानीय बिदा दिएका हुन् ।

जितिया थारू समुदायका महिलाले मनाउने मुख्य चाड हो ।महिलाहरुले सन्तानको दीर्घायु, सुख समृद्धि र मनोकामना पुरा गराउन व्रत बस्न गर्दछन् । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने चलन समेत रहेको छ ।

Write your Comment