आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

राजनीतिक दलसँग बालबालिकाको अन्तरसंवाद, बालबालिकाले बुझाए सुझाव पत्र

    प्रकाशित २०७९ आश्विन १, शनिबार (१ साल अघि)


काठमाडौं । राजनितीक दलसँग बालबालिकाको अन्तरसंवाद सम्पन्न भएको छ । देशको सातै वटा प्रदेशका बालबालिकाको प्रतिनिधित्व रहेकाे बाल पैरवी परिषद्ले राजनीतिकदलहरूलाई सुझाव पत्रसमेत बुझाएको छ ।

संघिय राजाधानी काठमाण्डौमा कन्साेर्टियम नेपालले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा आसन्न आम निर्वाचनकाे सन्दर्भमा निर्वाचनमा बालबालिकाको सवाल : बालबालिकाकै नेतृत्वमा भन्ने नारासहित राजनीतिक दलहरुसँग अन्तरसंवाद गर्दै सुझावहरु बुझाएकाे हाे । बालसहभागीता संबिधान देखी व्यवहारसम्म लागु हुनुपर्ने माग गर्दै विगत देखि नै बालबालिकाको अधिकार सुनिश्चितताको लागि कन्सोर्टियम नेपालले पैरवी समेत गर्दै आएको छ ।

आउदो मंसिर ४ गते संघ र प्रदेशकाे निर्वाचन हुँदैछ र उक्त निर्वाचनका लागि राजनितिक दलहरुले आ-आफ्नो घाेषणाापत्र तयार गर्ने कार्य पनि गरिरहेकाे सन्दर्भमा बाल पैरवी परिषद्ले बालबालिकाकाे सवालहरु समावेश गर्न आग्रह सहित सुझावहरु बुझाएकाे हाे ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालिले बालबालिकाका सवालमा पार्टी निकै संवेदनशील रहेकाे र निर्वाचनका कुनैपनि गतिविधिहरुमा बालबालिकाकाे दुरुपयोग नगर्ने अठोट सहित बालबालिकाका सवालमा पार्टी निकै संवेदनशील रहेकाे र निर्वाचनका कुनैपनि गतिविधिहरुमा बालबालिकाकाे दुरुपयोग नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

साथै नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले निर्वाचनमा बालबालिकाकाे दुरुपयोग पार्टीको नीति विपरित रहेकाे र घाेषणापत्रमा बालबालिकाका सवाललाई प्राथमिकतामा राख्ने बताउनुभयाे ।

कन्साेर्टियम नेपालका अध्यक्ष माेहन दंगालले बालबालिकाका सवाल राजनीतिक दलकाे नजरमा कम प्राथमिकतामा पर्ने भएकाले र बालबालिकाको सर्वाङिक विकासको लागि सबै राजनीति गर्ने राजनीतिकर्मीले बलबालिकाको मुद्दालाई आफ्नो सामाजिक मुद्दा बनाउन आग्रह गर्दै नागरिक समाज यसकाे निरन्तर पैरवीमा लाग्ने बताउनुभयाे ।

निर्वाचन निगरानी समुहका संयाेजक डा. कृष्ण सुवेदीले बालबालिका र विद्यालयलाई कुनै पनि प्रकारकाे राजनितीक दुरुपयोग हुन नहुनेमा जाेड दिनुभयाे । कार्यक्रममा बाल पैरवी समुहका सदस्य भाइबहिनीहरुले सामुहिक रुपमा सुझावहरु प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रम कन्साेर्टियम नेपालका अध्यक्ष माेहन दंगालको अध्यक्षतामा, नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालि,नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य, निर्वाचन निगरानि समुहका संयाेजक डा. कृष्ण सुवेदी लगाएत विशिष्ट व्यक्तिहरुको आतिथ्य तथा नागरिक समाजका अगुवा, बालसन्जाल र बालबालिकाको सहभागीता सहित सम्पन्न भएको थियो ।

Write your Comment