आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला

    प्रकाशित २०७९ भाद्र ३१, शुक्रबार (१ साल अघि)

नवलपुर । १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला अदालतले गैँडाकोट नगरपालिका-७ का ५२ वर्षीय बुद्धिबहादुर तामाङलाई १८ वर्ष कैद र ६ लाख रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको भदौ ३१ गतेको इजलासले तामाङलाई कसुर ठहर गर्दै १८ वर्ष कैद र ६ लाख रुपियाँ जरिवानाको फैसला गरेको हो ।

तामाङले ०७७ पुस २५ गते पीडित बालिकालाई बलात्कार गरेको भन्दै ०७७ चैत २९ गते इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी दर्ता भएको थियो । प्रहरीले तामाङलाई ०७७ चैत २९ गते गिरफ्तार गरेको थियो ।

Write your Comment