आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

आजदेखि तीन दिन झरी पर्ने, बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह

    प्रकाशित २०७९ भाद्र ३०, बिहिबार (१ साल अघि)


काठमाडौं । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । आज देशैभर झरी पर्ने अनुमान छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा रहे पनि पूर्वी क्षेत्रमा सरदर स्थानभन्दा केही माथि सरेकाले मौसम बदली भइ झरी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज, भोलि र पर्सि दिन तीन दिनसम्म नै झरी पर्ने सम्भावना छ । केहीबेर पानी पर्न रोकिएर घाम लागेजस्तो भए पनि फेरि पनी पर्ने उहाँले बताउनुभयो ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तीन दिन नै ठूलो वर्षाको सम्भावना छ । यसले गर्दा यी दुई प्रदेशमा बाढी पहिरोको जोखिम धेरै छ । आज लुम्बिनी, गण्डकी, सुदूरपश्चिम, प्रदेश-१ र मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षाको पूर्वानुमान गरिएको छ ।

झरीका कारण भू–क्षय, पहिरो तथा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । यस्तै, मौसमविद्ले सडक र हवाईमार्ग हुँदै यात्रा गर्दा मौसमबारे जानकारी लिन पनि सुझाव दिएका छन् ।

 

Write your Comment