आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा एमालेले गर्‍यो सूचना प्रविधि सम्बन्धि तालिम

    प्रकाशित २०७९ भाद्र २७, सोमबार (१ साल अघि)


देवचुली । नेकपा एमाले देवचुली नगरपलिका कमिटीले सूचना प्रविधि तथा संगठन व्यवस्थापन सम्बन्धि एक दिने आधारभुत तालिम सम्पन्न गरेको छ ।तालिममा नगरपालिका कमिटी मातहत रहेका १७ वटा वडा कमिटीका पदाधिकारीहरु सहभागी भएका थिए ।
कार्यक्रममा सूचना प्रबिधि तथा सामाजिक संजालको प्रयोग, पार्टी केन्द्रले संचालन गरेको नेकपा एमाले एपमा पार्टी सदस्यको विवरण अद्यावधिक गरि डिजिटल प्रणालीबाट पार्टी सदस्यता परिचय पत्र तयार गरि सदस्यको हातहातमा कसरी पुराउने प्रक्रिया साथै कम्युनिष्ट पार्टीका सदस्यले जानिराख्नुपर्ने आधारभुत ज्ञान लगायत विविध बिषयमा सहजीकरण गरिएको थियो ।सो अवसरमा सहभागीलाई कम्युनिस्ट पार्टीका सदस्यले जानिराख्नुपर्ने आधारभुत ज्ञान सम्बन्धी विषयमा ५० नम्बरको प्रश्नावली तयार गरि परीक्षा लिईएको थियो ।

तालिममा पार्टीका जिल्ला सचिवालय सदस्य तथा स्कुल विभाग उपप्रमुख होमनाथ जैसी, जिल्ला सदस्य तथा स्कुल विभाग सचिव खिमानन्द भुसाल र जिल्ला कमिटी सदस्य कृष्ण कंडेल लगायतले सहजीकरण गरेका थिए ।कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य तथा देवचुली सहईन्चार्ज युवराज वाग्ले, जिल्ला कमिटी सदस्य सुवास ओझा लगायतको आतिथ्यता रहेको थियो ।

पार्टीका देवचुली नगरपालिका कमिटीका अध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षता भएको कार्यक्रमको संचालन नगर सचिव डिलाराम पाण्डेले गर्नुभएको थियो।

Write your Comment