आज:  २०८० जेष्ठ १८, बिहिबार | Thu, 01, Jun, 2023 Search
FLASH NEWS

देवचुली १३ मा भएको आगलागीबाट रु.७ लाख बराबरको क्षति

    प्रकाशित २०७९ भाद्र २६, आईतबार (८ महिना अघि)

देवचुली।नवलपुरको देवचुली १३ मा गएराति भएको आगलागीबाट रु. ७ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार देवचुली नगरपालिका वडा नम्बर –१३, स्थित आशाको किरण शिशु स्याहार केन्द्रमा आगलागी हुँदा भाँडाकुँडा र भवनमा गरि रु. ७ लाख बराबरको क्षति पुगेको छ ।

विद्युत सर्ट भएर भएको आगलागीमा कुनै मानवीय क्षति भने नभएको सूचना अधिकारी पाठकले बताउनुभयो । कावासोतीबाट पुगेको दमकल, प्रहरी र स्थानियको सहयोगमा करिब १ घण्टामा नियन्त्रणमा आएको थियो ।

Write your Comment