आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

एमाले नवलपुर चुनाव अभियानमा लाग्यो ,क्षेत्र नम्बर १( ख) ले बनायो निर्वाचन परिचालन कमिटि

    प्रकाशित २०७९ भाद्र २५, शनिबार (१ साल अघि)


देवचुली।नेकपा( एमाले) नवलपुर प्रदेश सभा निर्वाचन क्षेत्रिय समन्वय कमिटिले २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि निर्वाचन परिचालन कमिटि गठन गरेको छ । आज( शनिवार) दलदलेमा भएको कमिटिको तेस्रो बैठकले उक्त निर्णय गरेको क्षेत्रिय समन्वय कमिटिका सचिव एवम् युवा नेता विद्रोही गिरीले जानकारी दिनुभयो ।


बैठकले प्रदेश सभा निर्वाचन क्षेत्रिय समन्वय कमिटिका संयोजक होमनाथ जैंसीको संयोकत्वमा सह संयोजकहरुमा दीपकराज लम्साल, युवराज वाग्ले, दिपकचन्द्र बस्ताकोटी र सचिवमा विद्रोही गिरी रहने गरी क्षेत्र १ (ख) भित्रका जिल्ला कमिटिका सचिवालय सदस्य, जिल्ला सदस्य, जिल्ला सल्लाहकार, पालिका पदाधिकारी, सदस्यहरु, जनवर्गीय संगठनका केन्द्रीय सदस्य, पेशागत निकाय, जिल्ला पदाधिकारी वडाअध्यक्षहरु रहने निर्वाचन परिचलान कमिटि गठन गरेको छ ।

बैठकले क्षेत्रिय समन्वय कमिटिका सचिव विद्रोही गिरीको संयोजकत्वमा १००१ सदस्यीय निर्वाचन प्रचार प्रसार कमिटि गठन गरेको छ । जसको सह संयोजकहरुमा धर्मदत्त भुसाल, कृष्णबहादुर नेपाली, तवारक अहमद मियाँ,राजेन्द्रप्रसाद पाण्डे रहनुभएको छ । प्रचार कमिटिमा क्षेत्रिय समन्वय कमिटिका सबै, पालिका कमिटिका सवै, जनवर्गीय संगठनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी, जनसंगठनका पालिका कमिटिका सबै प्रेस चौतारीसंग आबद्ध सबै, वडा कमिटीका पदाधिकारी र सदस्यहरु, टोल कमिटिका अध्यक्ष र पदाधिकारी सबै रहने कमिटि निर्माण गरिएको छ ।

त्यसैगरी आर्थिक ब्यवस्थापन समितिमा क्षेत्रिय समन्वय कमिटिका सह संयोजक गणेश प्रसाद सापकोटा संयोजक र सहसंयोजकहरुमा नरदेव न्यौपाने, खिमानन्द भुसाल, यममाया राना र एक जना पछि थप गर्ने गरी निर्णय भएको संयोजक होमनाथ जैंसीले बताउनुभयो ।

युवा , विद्यार्थी, र महिलाहरुको भेला गरी युवा, विद्यार्थी र महिलाहरु परिचालन कमिटि निर्माण गर्ने बैठकले निर्णय गरेको छ । बैठकमा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला सह इञ्चार्ज कृष्ण पौडेल, केन्द्रिय सल्लाहकार कमिटि सदस्य दिपक अधिकारी, एमाले जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे, क्षेत्रिय समन्वय कमिटि क्षेत्र नं. १ का संयोजक नारायणप्रसाद तिमिल्सेना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Write your Comment