आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

नवलपुरका विभिन्न स्थानमा आज दिनभर विद्युत कटौती हुने

    प्रकाशित २०७९ भाद्र २५, शनिबार (१ साल अघि)


कावासोती । नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रद्वारा आज नवलपुरका विभिन्न स्थान विद्युत कटौती गरिने भएको छ ।कावासोती नगरपालिका,मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने कावासोती वितरण केन्द्रले बताएको हो।

एक सूचना जारी गर्दै प्राधिकरणले आज शनिवार बिहान साढे नौ बजे देखि साँझ पाँच बजेसम्म विद्युत प्रवाह नहुने बताएको हो ।प्रगतिनगरदेखि ३३/११ केभी सव स्टेशनसम्म आउने ३३ केभी फिडर लाइनको बाटोमा रुखका हाँगाबिंगा काट्नुपर्ने भएकाले कावासोती नगरपालिका,मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ साथै काम अगाडि नै सम्पन्न भएमा विद्युत पनि अगाडि नै सूचारु हुने पनि जनाईएको छ ।

Write your Comment