आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024 Search
FLASH NEWS

देवचुली जेसिजको आयोजनामा तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    प्रकाशित २०७९ भाद्र १९, आईतबार (१ साल अघि)


एलिना केसी,देवचुली। सकारात्मक सोच र युवा नेतृत्व विकास तथा समाज परिवर्तनका लागि युवाहरुको भूमिका विशेष भन्ने विषयमा देवचुली जेसीजले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार दलदले साहारा पार्टी प्यालेसमा देवचुली जेसीजको आयोजनामा उक्त कार्यक्रम गरेको हो । देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा देवचुली जेसीजका अध्यक्ष दुर्गादेवि विष्टको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तिवारीले युवाहरुलाई सकारात्मक सोच लिएर अगाडि बढ्न आग्रह गर्नुभएको थियो । उहाँले युवाहरुलाई भविष्यका लागि उद्यमी बनाउन नगरपालिकाले बजेट विनियोजन गरेको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा देवचुली जेसीजका पूर्व अध्यक्ष शालिकराम सापकोटाले जेसिज सबैको सहयोगी हुने भएकाले यसमा लाग्न युवाहरुलाई आग्रह गर्नुभएको थियो । यसैगरि देवचुली नगरपालिकाका नगर प्रवक्ता तिल प्रसाद काफ्लेले युवाहरुलाई सही मार्गदर्शन दिने काम जेसिजले गरिरहेको जानकारी गराउनुभएको थियो । उहाँले समाज निर्माण गर्ने दायित्व हामी सबैको रहेकाले सबैलाई यसमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जेसि शिव प्रसाद भुसाल, खिमानन्द भुसाल र कृष्ण प्रसाद गौतमले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा देवचुली नगरपालिकाका १८ देखि ४० बर्षसम्मका यूवाहरुको उपस्थिती रहेको थियो ।

Write your Comment