आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024 Search
FLASH NEWS

देवचुली १० बाल संजालको अध्यक्षमा भुसाल चयन

    प्रकाशित २०७९ भाद्र १८, शनिबार (१ साल अघि)


राजु चापागाई,देवचुली । देवचुली नगरपालिका वडा नं १० बाल संजालको अध्यक्षमा दिपशिखा भुसाल सर्वसम्मत चयन भएकी छन् । देवचुली नगरपालिका वडा नं १० ले जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानालानको सहयोगमा शनिबार भएको कार्यक्रमबाट भुसालको अध्यक्षतामा २१ सदस्यीय वडा बाल संजाल गठन गरिएको हो ।


शनिबार देवचुली १० मा रहेको पृथ्वी माध्यमिक विद्यालयमा भएको कार्यक्रमबाट उपाध्यक्षमा दिपिका लामिछाने ,सुजन काफ्ले,आशिष घिमिरे ,अमृत भुसाल, आशिका विश्वकर्मा ,सचिवमा स्नेहा न्यौपाने ,सह सचिवमा शिवानी शर्मा,कोषाध्यक्ष टिनम आले र सदस्यहरुमा श्रुति भुसाल , सिम्रन श्रेष्ठ ,करण अधिकारी ,पेमा बस्याल , रितिका रानाभाट ,निकिता न्यौपाने,विमोचन न्यौपाने,विश्वप्रकाश बुढाक्षत्री,सुरेन्द्र पौडेल,आदित्य न्यौपाने ,इमन आले ,युनिका भारती सर्वसम्मत चयन भएका हुन् ।

देवचुली नगरपालिका वडा न १० का अध्यक्ष रेप्ती कुमार घर्ती मगरको अध्यक्षता भएको बालक्लब तथा स्थानीय संरचनामा बालिका सहभागिता तथा बाल संजाल गठन कार्यक्रममा देवचुली १० का वडा सदस्यहरु, पृथ्वी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विरबहादुर घर्ती,पृथ्वी माध्यमिक विद्यालयका प्रधानाध्यापक जयनारायण सापकोटा , महाराजा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष गनबहादुर राना, देवचुली नगर खेलकुद विकास समितिका उपाध्यक्ष अमर घर्ती मगर लगायतको सहभागिता रहेको थियो । बाल संजाल गठन पूर्व बाल अधिकार, बाल क्लब/ संजालको काम ,कर्तव्य र अधिकार , बालिका अधिकार, बालिका सहभागिता तथा देवचुली १० मा जागृति बाल तथा युवा सरोकार नेपालद्वारा निर्माण लागेको किशोरी सिकाई केन्द्रको बारेमा राजु चापागाई र दिपक न्यौपानेले सहजीकरण गरेका थिए ।

बालबालिकाहरुको हक अधिकारका लागि सदैव बालबालिकाको साथमा रहने वडा अध्यक्ष रेप्ती घर्ती मगरले बताए।वडाले बालबालिकाको हितका लागि आवश्यक बजेट विनियोजन गर्ने उनले बताए ।

कार्यक्रममा १०० भन्दा बढी बालबालिकाको सहभागीता रहेको थियो ।

Write your Comment