आज:  २०८० फागुन १४, सोमबार | Mon, 26, Feb, 2024 Search
FLASH NEWS

एमाले नवलपुरले भाद्र १९ गते उम्मेद्वार छनौट गर्ने

    प्रकाशित २०७९ भाद्र १८, शनिबार (१ साल अघि)

सागर पोख्रेल,कावासोती। नेकपा (एमाले) नवलपुरले आगामी मंसिर ४ गते सम्पन्न हुने संघ र प्रदेश सभा निर्वाचनका लागी प्रत्यक्ष र समानुपातिक दुवै तर्फको इच्छुक उम्मेद्वारको नामावली आगामी भाद्र १९ गते संकलन गर्ने भएको छ ।
शुक्रबार नवलपुरको कावासोतीमा सम्पन्न केन्द्रिय कमिटि र प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने प्रतिनिधी, जिल्ला पदाधिकारी र नवलपुर जिल्ला निर्वाचन क्षेत्र संघ र प्रदेश कमिटी पदाधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

एमाले जिल्ला उप सचिव भीमलाल कण्डेलका अनुसार प्रतिनिधि सभा क्षेत्र नं. १ र प्रदेश सभा १ को क र ख को देवचुली नगरपालिकाको देवचुली पाटी प्यालेसमा र प्रतिनिधि सभा क्षेत्र नं. २ र प्रदेश सभा २ को क र ख को कावासोती –१६ डण्डामा रहेको अग्यौली सामुदायिक पुस्तकालयमा दिउँसो १ बजे उम्मेद्वार छनौट गर्ने निर्णय गरेको जानकारी दिनुभयो । साथै सोही भेलाले प्रदेश र संघका लागी समानुपातिक उम्मेद्वारको नामावली समेत संकलन गर्ने भएको हो ।

बैठकले केन्दीय कमिटिको हालै सम्पन्न उम्मेद्वार छनोट मापदण्ड अनुसार उम्मेद्वार छनोट गरीने भएको छ । तर नवलपुर जिल्लामा भने सबै क्षेत्रमा सर्वसम्मत नामावली पठाउने गृहकार्य भएको जनाईएको छ । केन्दीय उम्मेद्वार छनौट मपदण्ड अनुसार एक क्षेत्रबाट १ महिला सहित ३ जनाको नाम जिल्ला कमिटीमा पठाईने प्रवधान रहेको छ ।

बैठकले भाद्र १९ गते छनौट भएका उम्मेद्वारहरुको नामावलीलाई भाद्र २० गते बस्ने जिल्ला कमिटीको बैठकले निर्णय गरी भाद्र २१ गते भित्र प्रदेश कमिटिमा र प्रदेशले २२ गते भित्र केन्द्रमा उम्मेद्वारहरुको नामावली पठाई सक्नुपर्नेछ ।

Write your Comment