आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

व्यवसाय दर्ता तथा नवीकरण शिविर : दोस्रो दिन ४६ वटा नयाँ दर्ता तथा २९ वटा नवीकरण

    प्रकाशित २०७९ भाद्र १८, शनिबार (१ साल अघि)


देवचुली।देवचुली नगरपालिकामा बिहीबारबाट सुरु भएको व्यवसाय दर्ता तथा नवीकरण शिविरमा व्यावसाय दर्ता गर्नेको संख्या वृद्धि हुँदै गएको छ । देवचुली उद्योग वाणिज्य संघ तथा बजार व्यवस्थापन समितिको सहकार्यमा देवचुली नगरपालिकाले शुक्रबार देवचुली वडा नम्बर १६ रजहर बजारमा शिविर संचालन गरिएको हो ।


पहिलो दिनको शिविरमा ४६ वटा नयाँ दर्ता तथा २९ वटा नवीकरण गरिएको छ । सो शिविरबाट तीन लाख त्रियासी हजार सात सय पचास रुपैयाँ राजश्व संकलन भएको देवचुली नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख शिव सापकोटाले बताए । पहिलो दिन देवचुली १७ फारम बजारमा संचालित शिविरमा २१ वटा नयाँ दर्ता तथा ३२ वटा नवीकरण भएको थियो भने करिब दुई लाख चालीस हजार राजश्व संकलन गरिएको थियो ।

सापकोटाका अनुसार शिविर नगरका विभिन्न स्थानमा संचालन गरिनेछ । देवचुली नगरपालिकाले १८ गते शनिबार सिजी गेट, १९ गते आइतबार मुण्डे/कुमसोत, २० गते सोमबार धारापानीचोक/गैंडीचोक, २१ गते मंगलबार प्रगतिनगरबजार/पृथ्वीनगरचोक, २२ र २३ गते ( बुधबार/बिहीबार) दलदलेबजारमा व्यवसाय दर्ता तथा नवीकरण शिविर गर्ने सापकोटाले बताए ।


शुक्रबार रजहरमा भएको शिविरमा देवचुली १६ वडा अध्यक्ष , वडा सदस्यहरु, देवचुली उद्योग वाणिज्य संघका प्रतिनिधि तथा देवचुली नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Write your Comment