आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

देवचुली नगर खेलकुद विकास समितिको पदाधिकारीको शपथ ग्रहण

    प्रकाशित २०७९ भाद्र १५, बुधबार (१ साल अघि)


देवचुली । देवचुली नगरपालिका खेलकुद विकास समितिको पदाधिकारीको शपथ ग्रहण सम्पन्न भएको छ । देवचुली नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख हरिप्रसाद न्यौपानेले खेलकुद विकास समितिका अध्यक्ष सुभाषचन्द्र ओझालाई शपथ गराउनुभएको थियो । शपथ ग्रहण पश्चात नव नियुक्त अध्यक्ष ओझाले उपाध्यक्ष ,सदस्य सचिव तथा सदस्यहरुको शपथ गराउनुभएको थियो ।

देवचुली नगरपालिकाको साउन १३ गते बसेको कार्यपालिकाको बैठकबाट ओझाको अध्यक्षतामा देवचुली नगरपालिकाको खेलकुद विकास ऐन, २०७८ दफा ३(२) को व्यवस्था अनुसार खेलकुद समिति गठन गरेको हो । जसको उपाध्यक्षमा अमर घर्ती मगर ,सदस्य सचिव प्रकाश काफ्ले ,सदस्यहरुमा बिदारीलाल तामाङ्ग( रेशम), ढुण्डीराज के. सी., अनुपलाल श्रेष्ठ, हर्खबहादुर बोहरा,चिरञ्जीवी पाण्डे ,अन्जु क्षेत्री खत्री,सोनी बस्नेत,मधुकर सुवेदी,नमराज सिंजाली मगर,दुर्गा पौडेल रहेका छन् । समितिको पदावधि तीन वर्षको हुनेछ ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले नव गठित खेलकुद समितिले देवचुली नगरपालिकामा खेलकुदको क्षेत्र गर्नुपर्ने धेरै काम रहेकोले कार्ययोजना बनाई निरन्तर खेलको कार्यक्रम आयोजना गर्नुपर्ने बताउनुभयो । प्रतिभाशाली खेलाडीहरुलाई खेलमा आकर्षित बनाउने,नगरमा भएका खेलाडीहरुको मनोभावना उच्च राख्ने, समय अनुसारको खेलको कार्यक्रम तय गर्नुपर्ने नगरप्रमुखले बताउनुभयो । खेल विकासका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शपथ ग्रहण कार्यक्रममा नगर उपप्रमुख पार्वता तिवारी , प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, नगर प्रवक्ता तिलप्रसाद काफ्ले ,शिक्षा शाखा प्रमुख रामप्रसाद शर्मा,देवचुली ९ का अध्यक्ष तथा खेलकुद समितिका संस्थापक अध्यक्ष बलिराम सापकोटाले नवगठित समितिलाई बधाई तथा कार्यकाल सफलता शुभकामना मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रमको सहजीकरण शिक्षा अधिकृत नन्दलाल ढकालले गर्नुभएको थियो ।

Write your Comment