आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

नवलपुरमा खोलाले टिपर बगायो

    प्रकाशित २०७९ भाद्र १२, आईतबार (१ साल अघि)


नवलपुर । नवलपुरको विनयी त्रिवेणीमा विनयी खोलाले टिपर बगाएको छ । हिजो देखि आईरहेको अविरल वर्षाका कारण विनयी त्रिवेणी गाउँपालिका वडा नं ४ पाखापानी स्थित पाखापानी सर्दी सडक खण्डमा राति ११:५० बजे ग २ ख १०२४ नम्बरको टिपर खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

खोलाले टिपरलाई २०० मिटर जति बगाएको र खोलाको बिच भागमा पुर्‍याएको प्रहरीले जानकारी दिएको छ । उक्त टिपर चालक फरार रहेको र टिपरलाई निकाल्ने पहल भईरहेको प्रहरीले जनाएको छ ।

Write your Comment