आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

नवलपुरमा लायन्स क्लबहरुको संयुक्त पदस्थापन

    प्रकाशित २०७९ भाद्र ७, मंगलबार (१ साल अघि)


कावासोती ।लायन्स क्लबहरुको संयुक्त पदस्थापन नवलपुरमा सम्पन्न भएको छ। लायन्स क्लब्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरको क्लष्टर ६ अन्तर्गतका रिजन नम्बर २२,२३ र २४ को मातहतका जोन ४४, ४५,४६,४७ र ४९ मा पर्ने १५ वटा लायन्स क्लबको संयुक्त पदस्थापना कार्यक्रम आयोजना गरिएको हो । नवलपुरको कावासोतीमा आयोजित कार्यक्रममा नवलपुर जिल्लाका १५ वटा लायन्स क्लबहरुको पदहस्तान्तरण समेत गरिएको छ।

कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर सिद्धार्थलाल चुकेले १५ वटै क्लबका वर्ष २०२२/२३ का अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन गराउनुभयो ।लायन वर्ष २०२१/२२ का १५ वटै क्लब लायन्स क्लबका अध्यक्षहरू आफ्नो कार्यकालमा भए गरेका कार्यक्रमको विषयमा जानकारी दिनुभएको थियो । लायन वर्ष २०२२/२३ का अध्यक्षहरूले हालसम्म गरेका कार्य र भावी योजना प्रस्तुत गर्नुभएको थियो ।

डिस्ट्रिक्ट गर्भनर चुकेले लायन्सले समाजमा गरेका उत्कृष्ट सेवाका कार्यको निरन्तरता र गर्न बाँकी रहेका सबै सेवा २०२२/२३ मा हुने विश्वास व्यक्त गर्नुभयोे । गभर्नर चुकेले डिस्ट्रिक्टमा मनोनित लायन्स लिडरलाई प्रदान गरिएको जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रमको पहिलो सत्रको अध्यक्षता नवलपुर मिड पोइन्टका २०२१/२२ देवि घिमिरे र दोस्रो सत्रको अध्यक्षता २०२२/२३ का अध्यक्ष नवलपुर मिड सिटिका अध्यक्ष शिव पोख्रेलले गर्नुभएको थियो । संयुक्त पदस्थापन कार्यक्रमको सञ्चालन डिस्ट्रिक्ट चिफ होमनाथ जैसीले गर्नुभएको थियो भने कार्यक्रममा धन्यवाद मन्तव्य कार्यक्रम संयोजक मनिप्रसाद गुरुङ्गले राख्नुभएको थियो ।

Write your Comment