आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

अनेरास्ववियु देवचुलीद्वारा प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न

    प्रकाशित २०७९ भाद्र ५, आईतबार (१ साल अघि)


देवचुली । एमालेको भातृ संगठन अनेरास्ववियुले शनिबार प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । अनेरास्ववियु देवचुली नगरकमिटीको आयोजनामा देवचुली वडा नं ६ कीर्तिपुरका महिलाहरु भएका स्वास्थ्य समस्या तथा समाधानको उपायहरुको बारेमा छलफल गरिएको हो। देवचुली नगरपालिकाको पहाडी गाउँमा पर्ने कीर्तिपुरका महिलाहरुलाई प्रजनन स्वास्थ्य सचेतना प्रवाह गरि उनीहरुमा आउने समस्या समाधानका लागि सचेत गराउन कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियु देवचुलीका सचिव सुजन भुसालले बताए ।

अनेरास्ववियु देवचुली नगर कमिटी अध्यक्ष शिशिर गैरेको अध्यक्षता भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य सागर न्यौपानेको प्रमुख आतिथ्यता एवम् स्वास्थ्यकर्मी जायश्वोर भुसालको विशिष्ट आतिथ्यता र देवचुली नगरपालिका वडा नं ०६ का वडाध्यक्ष श्री मीनबहादुर सोतीको विशेष आतिथ्यता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रममा प्रजनन स्वास्थ्य सम्बन्धि रहेका गलत तथा रुढीबादी धारणाहरुलाई हटाउँदै व्यक्तिगत स्वास्थ्य विशेष ध्यान दिनुपर्ने, महिनावारी स्वच्छता सम्बन्धि ध्यान दिनुपर्ने कुराहरु,गर्भपतन रोकथामका उपायहरु, बच्चा जन्माउँदा आमा र बच्चाको ख्याल कसरी गर्ने लगायतका विषयमा स्वास्थ्यकर्मी जायश्वर भुसालले सहजीकरण गरेका थिए ।


देशलाई समृद्ध बनाउन स्वास्थ्य क्षेत्रमा व्यापक सुधार र आधुनिकीकरणको आवश्यकता रहेको अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य सागर न्यौपानेले बताए । ´अझ हाम्रो ध्यान बिरामी भएर उपचार गर्नेतर्फ भन्दा पनि बिरामी नै नहुने उपाय अबलम्बन गर्नेतर्फ हुनुपर्छ` न्यौपानेले भने ।

कार्यक्रममा महिनावारी र गर्भावस्थाका सचेतनामुलक पम्लेट वितरण गरिएको थियो । सो कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो ।

Write your Comment