आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

कांग्रेस नेता गिरीको आजै अन्त्येष्टि गरिने

    प्रकाशित २०७९ भाद्र ५, आईतबार (१ साल अघि)


काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रदीप गिरीको आज अन्त्येष्टि गरिँदैछ। शनिबार राति ७५ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएका गिरिको आज हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिनेछ।

कांग्रेस संसदीय दलको कार्यालयका अनुसार उनको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा आज बिहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ।

त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ। प्रतिनिधि सभा सदस्यसमेत रहेका गिरी लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए।

समाजवादी चिन्तक गिरी लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किएका थिए।

Write your Comment