आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

सिजप अभियानले मनायो २०औँ वार्षिकोत्सव

    प्रकाशित २०७९ भाद्र ५, आईतबार (१ साल अघि)


काठमाडौं। सशस्त्र द्वन्द्वका क्रममा विद्यालय र बालबालिका हिंसाको मारमा परेपछि सुरु भएको बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले २०औँ स्थापना दिवस मनाएको छ ।

राज्य र विद्रोही माओवादीले विद्यालय क्षेत्रलाई युद्धस्थल बनाएपछि बालबालिका असुरक्षित भएका थिए । बालबालिकाका क्षेत्रमा कार्यरत संघसंस्था मिलेर ३ भदौ २०६० मा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सुरु गरेका थिए ।

सुरक्षाकर्मी र माओवादी लडाकुबीच डोटीको मुढभरास्थित विद्यालयमा भिडन्त हुँदा विद्यार्थी पनि मारिएपछि बालबालिका शान्ति क्षेत्रको अभियान थालिएको थियो । अभियानका संस्थापक गौरी प्रधानले द्वन्द्वकालीन फरक परिस्थितिमा सुरु भए पनि सिजप अभियानको महत्व झन् बढ्दै गइरहेको बताए ।

सिजपका अध्यक्ष राजेश शर्माले युद्ध, द्वन्द्व र राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग रोक्न अभियानले काम गरिरहेको बताए । ‘यो चुनावी वर्ष हो । स्थानीय चुनावपछि संघ र प्रदेशको चुनाव हुँदैछ । हामी बालबालिकाको दुरुपयोग रोक्न राजनीतिक दलहरूलाई खबरदारी गरिरहेका छौँ,’ उनले भने ।

Write your Comment