आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

लायन्स क्लबद्वारा छात्रवृत्ति अक्षयकोषको रकम प्रदान

    प्रकाशित २०७९ भाद्र ५, आईतबार (१ साल अघि)


भरतपुर।लायन्स क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम चितवनमा सम्पन्न भएको छ । लायन्स क्लब्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरको क्लष्टर चार अन्तर्गतका रिजन नम्बर १४ र १५ को मातहतका जोन २८, २९, ३० र ३१ मा पर्ने ११ वटा लायन्स तथा ३ वटा लियो क्लबको संयुक्त पदस्थापना कार्यक्रम आयोजना गरिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल प्रमुख अतिथि रहेको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १ र २ का वडाध्यक्ष क्रमशः केशव महर्जन र मनोज रानाभाट विशिष्ट अतिथि रहेका थिए । संयुक्त पदस्थापन कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ बागेश्वरीका वर्ष २०२१-०२२ का अध्यक्ष गणेश बरालले गरेका थिए ।

लायन्स क्लब्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरका गभर्नर सिद्धार्थलाल चुके, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर आरएस महत्तो, द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर दिनानाथ न्यौपाने, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी राजेन्द्र गौतम, डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर सुरेशकुमार श्रेष्ठ, पूर्व गभर्नर रामप्रसाद भट्ट, प्रभातकुमार जोशी र राजकुमार श्रेष्ठ विशिष्ट अतिथि रहेका थिए । वर्ष २०२१-०२२ का सबै क्लबका अध्यक्षहरुले डिष्ट्रिक्ट गभर्नर सिद्धार्थलाल चुकेको रोहबरमा लायन्स क्लबका वर्ष २०२२-२३ का ११ वटै अध्यक्षहरु तथा ३ वटा लियो क्लबका अध्यक्षहरुलाई डिष्ट्रिक्ट गभर्नरले पद तथा गोपनियताको सपथ ग्रहण सहित पदभार गराएका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ नारायणगढ बालकुमारीलाई गतवर्ष लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ को नेपाल लायन्स फाउण्डेसनले विद्यालय लक्षित कार्यक्रमहरुको सहयोगका लागि प्रदान गरिएको रु पचास हजारमा क्लबका सदस्यहरुले संकलन एक लाख एक हजार एक सय एघार रुपैयाँ गरी कुल एक लाख एकाउन्न हजार एक सय एघार रुपैयाँको छात्रवृत्ति अक्षय कोषको रकम देवचुली नगरपालिका १२ मा रहेको श्री दिव्यज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक मैनाकुमारी श्रेष्ठलाई हस्तान्तरण गरेको थियो ।

संयुक्त पदस्थापन समारोहको संचालन जोन चेयरपर्सन राजकुमार श्रेष्ठले गरेका थिए । प्रमुख अतिथि नगरप्रमुख रेनु दाहालले लायन्स क्लब्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर तथा लायन्स क्लबहरुसँग सहकार्य गरेर काम गर्न सकिने जनाउँदै अस्पताल, ब्लड बैंक तथा सार्वजनिक सरोकारका बिषयहरुमा नगरले सहकार्य गर्ने बताइन् ।

कार्यक्रमको संयोजक लायन्स क्लब अफ नारायणगढ बालकुमारीका पूर्व अध्यक्ष तथा लायन्स क्लब्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरका पब्लिक रिलेसन अफिसर बालगोपाल चुकेले लायन्स क्लबले सामाजिक गतिविधिलाई प्राथमिकतामा राखेर लायन्स क्लबले नियमितरूपमा कार्यक्रम गरिरहेको बताए ।

Write your Comment