आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

शिक्षकसँग अन्तरक्रिया गर्दै बौदीकाली गाउँपालिकाका अध्यक्ष ओझा

    प्रकाशित २०७९ श्रावण ३१, मंगलबार (१ साल अघि)


बौदीकाली । बौदिकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले जनता आधारभुत विद्यालय नरममा शिक्षकहरूसँग अन्तरक्रिया गर्नुभएको छ । विद्यालयमा पुगेर अध्यक्ष ओझाले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको बारेमा जानकारी लिनुभएको छ । खस्किदो शैक्षिक स्थितिका कारण पहाडी भेगबाट बसाइँसराइ तिव्र हुँदै गइरहेको र निकट भविष्यमा नै बौदिकालीको पहाडी भु-भाग खाली हुने दु:खद स्थिती आउने भन्दै ओझाले सानो कक्षाबाट नै शैक्षिक सुधार गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

आधारभुत विद्यालय बालबालिकाको भविष्यको आधार रहेकाले सम्पुर्ण शिक्षक तथा अभिभावक बाबुनानीको शिक्षामा गम्भिर भइदिन आग्रह गर्नुभयो । विद्यालय शिक्षामा सुधार ल्याउन प्रधानाध्यापकबाट प्रत्येक शिक्षकलाई टार्गेट बेसमा जिम्मेवारी दिनुपर्ने कुरामा प्रधानाध्यापकको ध्यानाकर्षण गराउनुभयो ।


हालको कमजोर शैक्षिक स्थिति आउनुमा लकडाउनको प्रत्यक्ष असर परेको बताउँद‌ै प्रधानाध्यापक नेत्र बहादुर गाहाले विद्यार्थीहरू दुई वर्षसम्म विद्यालय बाहिर हुँदा शैक्षिक क्रियाकलापमा असर परेको बताउनुभयो । अहिले अवस्था सामान्य बन्दै गइरहेको अवस्थामा विद्यालयको शैक्षिक स्थिति सुधारोन्मुख दिशामा अघि बढेको बताउँदै उहाँले पालिकाद्वारा अभिभावक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । शिक्षकले विद्यार्थीलाई पढाउने तर अभिभावकबाट आवश्यक रेखदेख नगरिदिदा शैक्षिक उपलब्धि हासिल गर्न समस्या परेको बताउनुभयो साथै अभिभावकहरूमा शिक्षामा लगानी कम गर्ने तर आम्दानी छिटो खोज्ने प्रवृत्तिको कारणले सोचेजस्तो नतिजा निकाल्न नसकिएको बताउनुभयो ।

Write your Comment