आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

लायन्स क्लब अफ देवचुली दिव्यद्धारा बाल्मीकि विद्यालयलाई सात थान पंखा सहयाेग

    प्रकाशित २०७९ श्रावण २९, आईतबार (१ साल अघि)


देवचुली । लायन्स क्लब अफ देवचुली दिव्यले देवचुली वडा नं १४ मा रहेकाे वाल्मीकि आधारभुत विद्यालयलाई कार्यक्रम आयाेजना गरि पंखा सहयाेग गरेकाे छ । लायन्स क्लव अफ देवचुली दिव्यका पदाधिकारीहरूकाे जन्मदिनकाे अवसरमा विद्यालयलाई सात थान पंखा सहयाेग गरिएकाे हाे ।


सामुदायिक स्तरबाट प्राथमिक तहसम्म पढाइ हुने विद्यालयमा पंखा आवश्यक रहेकाे भन्ने खबर प्राप्त भएपछि क्लबले पंखा सहयाेग गरेकाे क्लबका अध्यक्ष चाेकनारायण काफ्फेले जानकारी दिनुभयाे । त्यस्तै उहाँले आफू अध्यक्ष भएपछिकाे याे पहिलाे कार्यक्रम भएकाे बताउँदै क्लबले निरन्तर रूपमा सामाजिक कार्यहरू गर्ने बताउनु भयाे ।

त्यस्तै कार्यक्रमा बाल्दै क्लवका संस्थापक अध्यक्ष निरज सापकाेटाले सामाजिक कार्य गर्ने उद्देश्यका साथ एक बर्ष अगाडि लायन्स क्लव अफ देवचुली दिव्यकाे स्थापना भएकाे बताउदै क्लबले अघिल्लाे बर्षमा जस्तै आउने दिनहरूमा पनि निरन्तर सामाजिक कार्य गर्ने बताउनु भयाे ।

विद्यालयकाे तर्फबाट विद्यालयकी सहायक प्रधानध्यापक मुना काेईराला दवाडीले लायन्स क्लबले पंखा सहयाेग गरेकाेमा धन्यवाद व्यक्त गर्नु भएकाे थियाे । उहाँले सामुदायिक सहयाेगबाट संचालित विद्यालयलाई निरन्तर सहयाेगकाे आवश्यकता पर्ने हुँदा सबै पक्षसंग सहयाेगकाे आग्रह पनि गर्नु भएकाे थियाे । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीप्रसाद दवाडीले क्लबका सदस्यहरूलाई सम्मान गर्नु भएकाे थियाे ।

Write your Comment