आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

राष्ट्रपतिले गरिन् नागरिकता विधेयक फिर्ता

    प्रकाशित २०७९ श्रावण २९, आईतबार (१ साल अघि)


काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद नागरिकता विधेयक फिर्ता गरेकी छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पुगेको विधेयक फिर्ता भएको हो ।

संघीय संसदबाट विधेयक पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा ३ आनुसार विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश भएको थियो ।

राष्ट्रपति कार्यालयमा विधेयक १४ दिन अगाडि प्रमाणीकरणका लागि पुगेको थियो । राष्ट्रपतिले १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्ने वा फिर्ता गर्ने निर्णय लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

Write your Comment