आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024 Search
FLASH NEWS

नवलपुरकाे कायापलट गर्न फेरी पनि यहिबाट उठ्छु : शशांक काेइराला

    प्रकाशित २०७९ श्रावण २२, आईतबार (१ साल अघि)


नवलपुर। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आगामी मंसिरमा हुने निर्वाचनमा पूर्वी नवलपरासी १ मा उम्मेदवार बन्ने घोषणा गरेका छन् । यस क्षेत्रबाट लगातार ३ पटक निर्वाचन जितिसकेका कोइरालाले चौंथोपटक उम्मेदवार बन्ने आइतबार घोषणा गरेका हुन् ।

प्रेस यूनियनको केन्द्रीय महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई आइतबार कावासोतीमा आयोजित सम्मान कार्यक्रममा कोइरालाले जिल्लाको विकासका लागि चार योजना अघि सार्दै फेरि उम्मेदवारी दिने निर्णयमा पुगेको सुनाएका हुन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको खेलमैदान, ट्रमा सेन्टर, त्रिवेणीदेखि देवघाटसम्म नारायणीको किनारैकिनार पक्की सडक संजाल र विपन्नको जीवनस्तर उकास्न कृषि कार्यक्रम लागू गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

पूर्वी नवलपरासीलाई उत्कृष्ट जिल्ला बनाउन मैले अघि सारेका यी ४ वटा कुरा पुरा गर्न फेरि चौंथो पटक उम्मेदवारी दिने निर्णय गरेको छु, कोइरालाले भने, नवलपुरमा लागू गरिने यी योजनाबाट जिल्लाको कायापलट हुन्छ ।

Write your Comment