आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा विपद जाेखिम न्यूनिकरण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

    प्रकाशित २०७९ श्रावण २१, शनिबार (१ साल अघि)


देवचुली।देवचुली नगरपालिकामा विपद जाेखिम न्यूनिकरण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ । युएस- एडकाे सहयाेगमा राष्ट्रिय भूकम्प प्रविधि समाजलगायत विभिन्न स‌ंस्थाको सहकार्यमा शुक्रबार र शनिबार देवचुली नगरपालिकाको सभाहलमा विपद जाेखिम न्यूनिकरण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको हो ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षता भएको तालिममा नगर उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, नगर प्रवक्ता तिलप्रसाद काफ्ले, वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरूलाई विपद जोखिम न्यूनीकरण सम्बन्धि सहजीकरण गरिएको थियो । कावासोती नगरपालिकाका ईन्जिनियर पवन रूपाखेती र ईन्जिनियर रेशमा बस्यालले तालिमको सहजीकरण गरेका थिए ।

केन्द्रीय सरकारले स्थानीय तहलाई विपद व्यवस्थापन सम्बन्धि प्रबलीकरण गर्नका लागि तालिमको आयोजना गरिएको ईन्जिनियर पवन रुपाखेतीले बताए । विपद व्यवस्थापन के हो ?, यसका नियम कानुनहरु के के छन् ?, स्थानीय तहले बनाउनु पर्ने कानुन, स्थानीय तहको दायित्व, विपद सामना गर्नका लागि आवश्यक योजना (जलवायु उत्थानशील योजना,विपद प्रतिकार्य योजना), प्रतिकार्य गर्नका लागि आवश्यक सामग्री तथा उक्त सामग्री उपलब्ध हुने स्थान साथै संस्थाहरुको जानकारी, खुला क्षेत्र पहिचान, शिविर व्यवस्थापन र न्युनतम मानवीय आधारभूत मापदण्डका विषयमा १६ सत्रमा तालिमको सहजीकरण गरिएको रुपाखेतीले बताए ।

दुई दिनसम्म संचालित तालिम प्रभावकारी रहेको र देवचुली नगरपालिकाले विपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण तथा अद्यावधिक कार्य योजना चाँडै नै तयार गरिने नगरप्रमुख न्यौपानेले बताए ।

Write your Comment