आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा बाढीले क्षति भएको क्षेत्रको अवलोकन, तत्कालै मर्मत गरिने

    प्रकाशित २०७९ श्रावण २०, शुक्रबार (१ साल अघि)


देवचुली ।देवचुलीमा बाढीबाट क्षति भएको क्षेत्रमा तत्कालै मर्मतको काम गरिने भएको छ । बाढीबाट क्षति भएको क्षेत्रमा प्राविधिकसहित देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले शुक्रबार अवलोकन गर्नुभएको छ। अवलोकनसँगै नगरप्रमुखले क्षतिग्रस्त क्षेत्रमा तत्काल काम गर्न निर्देशन दिनुभएको छ।

केही दिन अघिको वर्षाका कारण बौलाहा खोलामा आएको बाढीले देवचुली- ३, ५ र १२ नम्बर वडामा पुर्‍याएको क्षति साथै देवचुली ८ र ९ नम्बर वडामा सिँचाइ हुने लोकाहा खोलामा रहेको बाँधमा पुर्‍याएको क्षतिको स्थलगत अवलोकन गरिएको हो ।

बौलाहा खोलाले देवचुली ३, ५ र १२ नम्बर वडामा क्षति पुर्‍याएको ठाउँमा तत्काल तटबन्धन गर्ने र सिँचाइ कुलाको क्षेत्रमा तटबन्धन गरि पानी पठाउने नगर प्रमुख न्यौपानेले बताउनुभयो । नगर प्रमुख न्यौपानेका अनुसार नगरपालिकाबाट विपद व्यवस्थापनमा छुट्याइएको बजेटबाट तत्कालै काम गरिनेछ । खोलाको कटान रोक्नका लागि तत्काल लागत स्टेमेट तयार गरि काम अगाडी बढाउने ईन्जिनियर टीकाराम बस्यालले बताउनुभयो ।


अवलोकनमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, विपद व्यवस्थापन समितिको संयोजक तथा देवचुली वडा नम्बर ३ का अध्यक्ष होमनाथ पौडेल, देवचुली वडा नम्बर ५ का अध्यक्ष कृष्णप्रसाद सापकोटा, देवचुली वडा नम्बर ८ का अध्यक्ष नुनप्रसाद बाचे, देवचुली वडा नम्बर ९ का अध्यक्ष बलिराम सापकोटा र देवचुली नगरपालिकाका ईन्जिनियर टीकाराम बस्यालसहितको टिम पुगेको थियो ।

Write your Comment