आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

अरुणखोलामा ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु

    प्रकाशित २०७९ श्रावण १७, मंगलबार (१ साल अघि)


नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १० अरुणखोलामा मंगलबार भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार बिहान ११ बजेतिरको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००८ ख १७०१ नम्बरको ट्रकले पैदलयात्री सोही ठाउँ निवासी ६५ वर्षका मानबहादुर दमैलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको हो ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव पोस्टमार्टमको लागि मध्यविन्दु जिल्ला अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

Write your Comment