आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

कावासोतीमा खुल्यो ‘एसआई युके’ नेपालको कार्यालय

    प्रकाशित २०७९ श्रावण १६, सोमबार (१ साल अघि)


नवलपुर। कावासोतीमा एसआई युके नेपालको आधिकारिक कार्यालय खुलेको छ । युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको क्षेत्रका काम गरिरहेको एसआई युकेको कार्यालय आइतबार कावासोती नगरपालिका प्रमुख बिष्णु भुसालले उद्घाटन गर्नु भएको थियो भने नेपाल पब्लिक संघका महासचिव तथा मध्यबिन्दु क्याम्पस संस्थापक प्रमुख मुक्त्तिराम पाण्डे, समाजसेवी तथा नेपाली कांग्रेसनेत्री सरस्वती तिमिल्सिना समाजसेवी तथा माओवादी केन्द्रका सुर्यकान्त सेढाई विशेष अतिथिको रुपमा रहनु भएको थियो।

कावासोतीको नयाँबजार विपरित सिद्धार्थ बैंकको आडमा कार्यालय रहेको छ । कार्यालयबाट युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, पढाइने कोर्ष , छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी दिइने छ । कार्यक्रममा बोल्दै मेयर भुसालले विश्व परिवेशमा एक देशको विद्यार्थी अर्को देशमा जाने र त्यहाँको शिक्षा लिन चाहने गरेको बताउनुभयो। युवा विद्यार्थीको यो चाहनालाई अन्यथा मान्न नहुने र शैक्षिक उदेश्य प्राप्तिमा एसआई युके नेपालले काम गरिरहेको पाउँदा खुसी लागेको बताउनुभयो ।

यसै गरि कार्यक्रम तथा एसआई युकेको बारेमा बोल्दै संस्थाका डाइरेक्टर विनय अधिकारीले राम्रो शिक्षाका का लागि अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्यका लागि विभिन्न मुलुक गएतापनि शैक्षिक दक्ष्यता हाशिल गरेका बिद्यार्थी मार्फत Study In Nepal को अबधारणा ल्याउन लागेको र उक्त्त अबधारणा छिट्टैनै लागु हुने बताएका थिए।

एस आई युकेले आइतबार नै कावासोतीमा ‘बृहत एजुकेशन फेयर २०२२’ को आयोजना सुरु गरेको थियो । अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कसहित शैक्षिक जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका डाइरेक्टर विनय अधिकारीले जानकारी दिए । शैक्षिक मेलामा सहभागी बिद्यार्थी लाई युकेका ६ विश्वविद्यालय प्रतिनिधिहरुले प्रत्यक्ष परामर्श दिएका थिए।

एसआई युके ग्लोबलका कार्यालयहरु विश्वका ४० वटा देशमा संचालन छन् । एसआई युके ग्लोवल १ सय ६० विश्वविद्यालयसँग आवद्ध भएर विगत १६ बर्षदेखि शैक्षिक सेवामा काम गरिरहेको छ ।

Write your Comment