आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

खोटाङ हलेसीको केन्द्रबिन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

    प्रकाशित २०७९ श्रावण १५, आईतबार (१ साल अघि)


काठमाडौं । खोटाङ हलेसीको केन्द्रबिन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ । आइतबार बिहान ८:१५ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार खोटाङको हलेसी आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामा समेत भूकम्पको धक्का महसुस भएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङले भने भूकम्पको कडा धक्का महसुस भए पनि क्षतिको विवरण भने आइनसकेको जनाएको छ ।

Write your Comment