आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नवलपुरमा सुनको गहना सफा गरिदिने भन्दै ठगि गर्ने गिरोह, सचेत रहन प्रहरीको आग्रह

    प्रकाशित २०७९ श्रावण १२, बिहिबार (१ साल अघि)


देवचुली। नवलपुरमा सुनको गहना सफा गरिदिने भन्दै ठगि हुने गरेको भन्दै प्रहरीले सचेत हुन आग्रह गरेको छ ।

मधेशी समुदायका २/४ जना व्यक्तिहरुले यसरी ठगि गरेको भन्ने सूचना आएकाले सचेत हुन प्रहरीले आग्रह गरेको छ । सुन सफा गरेपछि सुनको तौल घट्ने गरेको जनाइएको छ । देवचुलीमा यस्तो घटना सुनिएकाले सुन सफा गछौं भन्नेबाट सचेत हुन जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले सबैमा आग्रह गर्नुभयो ।

देवचुलीमा ठगि भएको सूचना आएको र ति व्यक्तिहरुको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । सुन सफा गरिदिन्छौ भनि ठगि गर्ने व्यक्ति देखा परे प्रहरी कार्यालयमा खबर गरिदिन समेत उहाँले आग्रह गर्नुभएको छ ।

Write your Comment