आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

नवलपुर जिल्ला बाल अधिकार समितिको अध्यक्षमा पौडेल चयन

    प्रकाशित २०७९ श्रावण १२, बिहिबार (१ साल अघि)


देवचुली।गण्डकी प्रदेश अन्तरगत सामाजिक विकास मन्त्रालयले नवलपुर जिल्ला बाल अधिकार समितिको अध्यक्षमा नारायण पौडेललाई चयन गरेको छ।

देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता पौडेललाई बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७८ को दफा ४२ अनुसार समितिको अध्यक्षमा चयन गरिएको हो।

मन्त्रालयका पत्र अनुसार बालबालिकाको क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरू मध्येबाट मन्त्रालयले तोकेको व्यक्ति अध्यक्ष रहने व्यवस्था भएकोले उनीहरूको हक हितको संरक्षण र प्रवर्द्धन गर्दै उनीहरूको समग्र विकासको लागी पौडेललाई मनोनयन गरिएको बताइएको छ ।

गत असार ३० गते बसेको प्रदेश मन्त्रीस्तरीय बैठक मार्फत उनी चयन भएका हुन्। पौडेलले लामो समय देखि बालबालिकाको क्षेत्रमा कार्य गर्दै आइरहेका छन्।

Write your Comment