आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024 Search
FLASH NEWS

भरतपुरको सेन्ट्रल कलेजले विदेश जाने विद्यार्थीहरुलाई छुट दिने

    प्रकाशित २०७९ श्रावण १०, मंगलबार (१ साल अघि)


नवलपुर। सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिले विद्यार्थीहरुलाई छुट दिने घोषणा गरेको छ । दलित, जनजाति, सिमान्तकृत समुदाय, खेलाडी, महिला तथा बाहिर घर भएर चितवन वा नवलपुरमा डेरा गरि बस्दै आएका विद्यार्थीलाई वैदेशिक अध्ययनमा जान चाहेमा सहुलियत दिने जनाएको छ । कलेजका प्रिन्सिपल यज्ञविलाश पौडेल वाइवीले विद्यार्थीको आर्थिक अवस्था हेरेर न्यूनतम १० हजार रुपैयाँ भन्दा बढी छुट दिने बताउनुभयो ।

१२ वर्षदेखि शैक्षिक क्षेत्रमा सक्रिय सेन्ट्रल कलेजले शैक्षिक परामर्श, भाषा कक्षा, सीपमुलक तालिमहरु दिदै आएको छ । उच्च शिक्षाका लागि जापान जान चाहेका विद्यार्थीलाई शैक्षिक परामर्श र भिजा प्रोसिङ गर्दै आएको कलेजले हाल अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्यूजरल्याण्ड, भारत, युरोप, दक्षिण कोरिया लगायतका देशमा समेत विद्यार्थीलाई जान सहजीकरण गर्दै आएको छ ।

शहिदचोकको प्रेस मार्गमा मुख्य कार्यालय रहेको कलेजको सौराहा चोक, पर्सा, कावासोती नवलपुरमा सम्पर्क कार्यालयहरु छन् । देशभर १० वटा शाखाहरु छन् । कलेजमा जापानिज भाषा, आइएलटिएस, पिटिई, टोफल लगायतका भाषा कक्षाहरु सञ्चालन हुदै आएका छन् । हाल १ हजार बढी विद्यार्थीले भाषा कक्षा लिइरहेका छन् ।

विदेशबाट समेत नेपाल अध्ययनका लागि आउन चाहेका विद्यार्थीलाई समेत शैक्षिक परामर्श दिदै आएको बताउनुभयो । स्वदेशकै कलेज तथा विश्वविद्यालयहरुमा अध्ययन गर्न चाहने विद्यार्थीलाई समेत कलेजले सहजीकरण गरेको उहाँले बताउनुभयो । सेन्ट्रल कलेजले खेलकुद, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रामा सामाजिक कामहरु गर्दै आएको छ ।

Write your Comment