आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

कावासोतीमा बस दुर्घटना हुँदा ११ जना घाइते

    प्रकाशित २०७९ श्रावण ५, बिहिबार (१ साल अघि)


कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । डण्डाबाट नारायणगढ हिडेको ना ७ ख ५५६३ नम्बरको बस दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकको बायातर्फ पल्टिएको नवलपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी चितवनका ४१ बर्षीय मन्दिरा ढुंगाना, २२ बर्षीया ज्योति ढुंगाना, नवलपुरको देवचुली ३ निवासी ३१ बर्षीया झरना पराजुली, ४ बर्षीय बालक संयोज भट्टराई, चितवन भरतपुर महानगरपालिका २० का २० बर्षीया सविता कुमाल घाइते भएका छन् ।

त्यसैगरी नवलपुरको गैडाकोट १ निवासी २२ बर्षीया अस्मिता रानाभाट, ३ बर्षीया बालिका काब्या भण्डारी, कावासोती १६ का ४० बर्षीया मिरा केसी, ११ बर्षीया नविना केसी, कावासोती ८ का ८२ बर्षीया नारायणदत्त पौडेल र देवचुली १७ का ८० बर्षीया महिला प्रेमकुमारी पाण्डे घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको र बस चालक फरार रहेको नवलपुर प्रहरीले जनाएको छ ।

Write your Comment