आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

स्वास्थ्य बीमा कार्यक्रमलाई पूर्ववत व्यवस्थाअनुरुप नै गर्न एमालेको माग

    प्रकाशित २०७९ श्रावण ४, बुधबार (२ साल अघि)


काठमाडौं। नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले स्वास्थ्य बीमा कार्यक्रमलाई पूर्ववत व्यवस्थाअनुरुप नै सुचारु गर्न सरकारसँग माग गरेको छ।

एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत व्यवस्थाअनुरुप नै बीमा कार्यक्रम अगाडि बढाउन माग गरेका हुन्।

विभागले बजेट बक्तव्यमार्फत् आएको स्वास्थ्य बीमासम्बन्धी जनविरोधी नीति फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएको छ।बजेट बक्तव्यमार्फत् आएको सरकारको नीतिले बिमा प्रदायक संस्थाको संख्या घटाएर सहज पहुँचबाट टाढा राख्ने र अर्कोतिर सामाजिक स्वास्थ्य बिमामा निजी कम्पनीहरु प्रवेश गराई सरकार आफ्नो दायित्वबाट पन्छने षडयन्त्र गरेको विज्ञप्तिमा उल्लेख छ।

‘देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको र आम नागरिकले सहज ढंगले उपयोग गर्न पाउनुपर्ने बीमाका बारेमा आएका विभिन्न समाचारप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरुप नै स्वास्थ्य बीमा कार्यक्रमलाई सुचारु गर्न हाम्रो पार्टी सरकारसँग माग गर्दछ। साथै बजेट वक्तव्यमार्फत् आएको जनविरोधी नीति फिर्ता लिन पुनः ध्यानाकर्षण गर्दछ।’

हेरौं प्रेस विज्ञप्ति

Write your Comment